नेपाल सरकारको निशान छाप
नेपाल सरकारअर्थ मन्त्रालयसिंहदरबार, काठमाडौँ
रसुवा–भोटेकोशी बाढी अपडेटMoF Rasuwa–Bhotekoshi Flood Update
प्रत्यक्ष अद्यावधिक: २०८३ भदौ २६ · 11 Sep 2026, ११:०० बजे घटना: २०८३ भदौ १० · 25 Aug 2026 को भोटेकोशी बाढीस्रोत: अर्थ मन्त्रालय · NCHL · Fonepay · NDRRMA · नेपाल प्रहरी

सरकारबाट भएका पहल

रसुवा–भोटेकोशी बाढीपछि नेपाल सरकार तथा अर्थ मन्त्रालयबाट भएका पहलहरू।

मूल कागजात
मन्त्रिपरिषद् निर्णय
२०८३ भदौ १८
लागू राहत व्यवस्था
१८
५ · वर्गहरू
अर्थ मन्त्रालय सूचना
रसुवा बाढी राहत संकलन एकद्वार प्रणाली सञ्चालनमा

समयरेखा

निरन्तरप्रभावित जिल्ला तथा स्थानीय तहलाई नगद सहयोगनेपाल सरकार
२०८३ भदौ ११ · 26 Aug 2026रसुवा बाढी राहत संकलन एकद्वार प्रणाली सञ्चालनमाअर्थ मन्त्रालय
२०८३ भदौ १८ · 2 Sep 2026Business Recovery Plan — पहिलो चरण: राहत, कर छुट तथा सहुलियतनेपाल सरकार, मन्त्रिपरिषद्

प्रभावित जिल्ला तथा स्थानीय तहलाई नगद सहयोग

नेपाल सरकार · निरन्तर

रसुवा रु. १ करोड · नुवाकोट रु. १ करोड · धादिङ रु. ५० लाख · १५ प्रभावित स्थानीय तह रु. १३ करोड ५० लाख (NDRRMA प्रतिवेदन, २०८३ भदौ २१)

रसुवा बाढी राहत संकलन एकद्वार प्रणाली सञ्चालनमा

अर्थ मन्त्रालय · २०८३ भदौ ११ · 26 Aug 2026

प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा नगद राहत तथा जिन्सी सहयोग गर्न चाहने परोपकारी व्यक्ति, निजी क्षेत्र, दातृ निकाय र अन्तर्राष्ट्रिय संघ संस्थालाई राहत संकलनको लागि एकद्वार प्रणाली अर्थ मन्त्रालय मार्फत सञ्चालन।

Business Recovery Plan — पहिलो चरण: राहत, कर छुट तथा सहुलियत

नेपाल सरकार, मन्त्रिपरिषद् · २०८३ भदौ १८ · 2 Sep 2026

नेपाल–चीन सीमाक्षेत्र भोटेकोशी नदीमा आएको विनाशकारी बाढी (२०८३ भदौ १०) बाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिलाई राहत, कर छुट, सहुलियत तथा सुविधा प्रदान गर्ने सम्बन्धमा मन्त्रिपरिषद्को निर्णय — कुल १८ राहत व्यवस्था।

व्यवसाय पुनरुत्थान योजना — पहिलो चरण

नेपाल सरकार, मन्त्रिपरिषद् · २०८३ भदौ १८ · 2 Sep 2026

Business Recovery Plan — पहिलो चरण: राहत, कर छुट तथा सहुलियत
व्यावसायिक सवारी तथा ढुवानी साधन पुनः आयातमा सम्पूर्ण महसुल छुटभन्सार विभाग
प्लाण्ट, मेशिनरी, यन्त्र तथा उपकरणको पैठारीमा सम्पूर्ण महसुल छुटभन्सार विभाग
महसुल तिरिसकेर बाटैमा नष्ट भएका वस्तुको महसुल समायोजनभन्सार विभाग
कर विवरण र कर दाखिलाको म्याद २०८३ कार्तिक २५ गतेसम्म थपआन्तरिक राजस्व विभाग
क्षतिग्रस्त व्यावसायिक सम्पत्तिको मू.अ.कर दाबी समायोजन सरलीकरणआन्तरिक राजस्व विभाग
पूर्ण क्षति भएको व्यावसायिक सम्पत्तिको मूल्य एकमुष्ठ खर्चकट्टीआन्तरिक राजस्व विभाग
आंशिक क्षतिग्रस्त सम्पत्तिको मर्मत खर्चमा दफा १६(२) को सीमा नलाग्नेआन्तरिक राजस्व विभाग
D01 विवरण पेश गर्ने प्रभावित व्यक्तिलाई आय वर्ष २०८२/८३ को आयकर पूर्ण छुटआन्तरिक राजस्व विभाग
प्रदेश तथा स्थानीय तहबाट स्थानीय कर र शुल्कमा सहुलियत दिन अनुरोधसम्बन्धित प्रदेश सरकार तथा स्थानीय तह
१०रसुवा भन्सारबाट पैठारी वस्तुको क्षतिसँग सम्बन्धित कर्जा पुनरसंरचना / पुनर्तालिकीकरणनेपाल राष्ट्र बैंक
११बाढी प्रभावित ऋणीको बैंक कर्जाको साँवा र ब्याज एकपटक पुनरसंरचना / पुनर्तालिकीकरणनेपाल राष्ट्र बैंक
१२सवारी, ढुवानी साधन तथा यन्त्र-उपकरण पुनः खरिदका लागि सहुलियत कर्जानेपाल राष्ट्र बैंक
१३१ वर्षसम्म आधारदर + ०.५ प्रतिशत बिन्दुको सहुलियत ब्याजदरनेपाल राष्ट्र बैंक
१४उद्योग-व्यापार पुनरुत्थान र रोजगारी सुरक्षाका लागि थप कर्जानेपाल राष्ट्र बैंक
१५बीमा दाबी मूल्याङ्कनका लागि सरलीकृत ढङ्गले सर्भेयर खटाउनेनेपाल बीमा प्राधिकरण
१६प्रारम्भिक मूल्याङ्कनकै आधारमा ५०% सम्म अग्रिम दाबी भुक्तानीनेपाल बीमा प्राधिकरण
१७संक्षिप्त दाबी भुक्तानी कार्यविधि शीघ्र तर्जुमा र लागूबीमक, नेपाल बीमा प्राधिकरणको निर्देशनमा
१८CSR कोषबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरेको योगदान CSR खर्चको रूपमा मान्यताआन्तरिक राजस्व विभाग • नेपाल राष्ट्र बैंक • नेपाल बीमा प्राधिकरण