सरकारका कार्ययोजना
अर्थ मन्त्रालयले माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको नेतृत्वमा घोषणा गरेका सुधार तथा पुनरूत्थान कार्ययोजनाहरू, बुँदैपिच्छे: कुन कामको जिम्मेवारी कसको र कहिलेसम्म। अङ्क र शब्द प्रकाशित दस्तावेज अनुसार।
पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३
नेपाल सरकार, अर्थ मन्त्रालय · जारी २०८३ भदौ २९ · 14 Sep 2026
अर्थतन्त्रमा आएको शिथिलता र २०८३ भदौ १० को भोटेकोशी बाढीले पुँजी बजारमा पारेको असरका सन्दर्भमा अर्थ मन्त्रालयले घोषणा गरेको २१ बुँदे तत्कालीन सुधार एवं पुनरूत्थान कार्ययोजना — प्राथमिक बजार, ऋणपत्र बजार, संस्थागत लगानी, नेप्से पुनर्संरचना, कानूनी सुधार र करसम्बन्धी व्यवस्था।
किन यो कार्ययोजना
नेपालको अर्थतन्त्रमा विगत केही वर्षदेखि आएको शिथिलता एवं सोको प्रभाव स्वरूप बैंक तथा वित्तीय क्षेत्र, उद्योग, वाणिज्य एवं पूर्वाधार विकास, लगानी र पुँजी बजारमा समेत आएको मन्दीको चक्रबाट अर्थतन्त्रलाई व्यापक विस्तार एवं चलायमान बनाउने गरी नेपाल सरकारले वार्षिक नीति एवं कार्यक्रम र आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य मार्फत घोषणा गरिएका कार्यक्रमहरूको कार्यान्वयन चरणमा रहेको समयमा २०८३ भाद्र १० गतेका दिन भोटेकोशी नदीमा आएको अकल्पनीय भीषण बाढीबाट भएको अनपेक्षित मानवीय तथा सूचीकृत जलविद्युत आयोजना लगायत भौतिक पूर्वाधारको क्षतिबाट अर्थतन्त्रमा थप चाप पर्नुका साथै नेपालको पुँजी बजारमा समेत असर परेको परिप्रेक्ष्यमा नेपाल सरकार, अर्थ मन्त्रालयले देहाय बमोजिम तत्कालीन सुधार एवं पुनरूत्थान कार्ययोजना घोषणा गरेको छ।
विषय
जिम्मेवार निकाय
मार्गचित्र — के कहिलेसम्म
कार्ययोजना जारी भएको दिनदेखि अन्तिम म्यादसम्मको समय-रेखा। प्रत्येक चिह्न कार्ययोजनाले तोकेको एक म्याद हो — सो म्यादभित्र गर्नुपर्ने बुँदाको सङ्ख्या र तल तिनका क्रम संख्या; ती बुँदा मात्र पढ्न चिह्न छान्नुहोस्।
